१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अमेरिकाको भर्जिनियास्थित नेपाली अमेरिकन कम्युनिटी सेन्टर अध्यक्षमा राम मिश्रको उम्मेदवारी


0
Shares

Ram misra USA

वासिंगटनडिसी, जेठ १६ । अमेरिकाको भर्जिनियास्थित नेपाली अमेरिकन कम्युनिटी सेन्टर (Nepali American Community Center-NACC) को अध्यक्ष पदमा रामकुमार मिश्रले उम्मेदवारी दिएका छन् ।

नेपाली भाषा, धर्म र संस्कृतिको संरक्षणमा लामा समयदेखि संलग्न उक्त संस्थाको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिइएको मिश्रले जानकारी दिएका हुन् ।

आफ्नो उम्मेदवारी घोषणा गर्दै मिश्रले सामाजिक सञ्जाल फेसबुकमा भर्जिनियावासीलाई सम्बोधन गर्दै लेखेका छन्, ‘हामीले नेपाली समुदायको धार्मिक, सांस्कृतिक र नेपाली भाषाको साझा थलोको आवश्यकता महशूस गर्दै मन्दिर, नेपाली पाठशाला तथा सामुदायिक केन्द्रको परिकल्पनास्वरुप सम्पूर्ण भर्जिनियावासीको पहलमा अमेरिकाभर रहेका नेपालीको सहयोगबाट अपार सफलतासहित सप्ताह पुराण सम्पन्न गरी यहाँहरुकै सहमति र सहयोग मा भर्जिनियाको मनासस शहरमा ३ एकड़ जÞग्गासहितको एक भवन खरीद गर्न सफल भएको कुरा सबैमा बिदित नै छ ।’

सबैको सहयोगमा खरिद गरिएको भवनलाई मर्मत तथा निर्माण गरी मन्दिर र सामुदायिक भवनसमेत निर्माण गरी सञ्चालनमा ल्याउनुपर्ने यसका लागि एकापसमा हातेमालो गरी मन्दिर निर्माण तथा सामुदायिक भवन निर्माणमा जुट्नुपर्ने मिश्रले उल्लेख गरेका छन् ।

यही कार्यमा सम्पूर्ण ध्यान लगाई सफल बनाउनेसहितको उद्देश्य राखेर आफूले (Nepali American Community Center-NACC) को आगामी कार्यकालका लागि अध्यक्ष पदमा र उम्मेदवारी दिएको मिश्रको भनाइ छ ।

यस कार्यका लागि सम्पूर्ण भर्जिनियावासीको साथ सहयोग रहने अपेक्षा गर्दै मिश्रले लेखेका छन्, ‘यहाँहरु सबैको सहयोग समर्थन र सल्लाह सुझावलाई शिरोधार्य गरी अघि बढ्ने प्रणका साथ आएको छु । मलाई आशा एवं विश्वास छ मैले यहाँहरूको सहयोग समर्थनबाट यो संस्थाको नेतृत्व गर्ने प्रणलाई यहाँहरूबाट सहृदय साथ, सहयोग र समर्थन रहनेछ ।’

लामो समयदेखि अमेरिकामा रहेका मिश्र नेपाली समुदायमा हुने सामाजिक कार्यहरुमा सक्रिय रहेका छन् ।