
बागलुङ, जेठ १६ । कोरोनाको लक्षण देखिदा समेत स्वास्थ्यकर्मीको सम्पर्कमा नआउँदा बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्न थालेको छ ।
जिल्लामा कोरोना संक्रणबाट दैनिक नागरिकले ज्यान गुमाई रहेका छन् ।
उनीहरु अन्तिम अवस्थामा मात्रै अस्पतालमा आएका कारण मृत्यु भएको स्वास्थ्यकर्मीहरुको भनाई छ ।
कोरोनाको गम्भीर लक्षण देखिदा समेत संक्रमित घरमै बस्ने र अन्तिम अवस्थामा मात्रै अस्पताल आउनेहरुको बढी मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङको काभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताउनुभयो ।
प्रत्येक संक्रमितमा भाइरसको प्रकृति अलि फरक पाइएको उपचारमा संलग्न धौलागिरी अस्पतालका मेसडकल सुपरीटेन्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिनुभयो ।
पोखरेलका अनुसार संक्रमित हुँदा गाउँकै स्वास्थ्यकर्मीको सम्पर्कमा आउनु पर्ने बताउनुहुन्छ ।
घरमै सामान्य ज्वरो, रक्तचाप तथा अक्जिन परिक्षण नगर्नु तथा एक्कासी समस्या भएपछि मात्रै साथ स्वास्थ्यकर्मीसंगको पहुँचमा पुग्दा समस्या भएको स्वास्थ्यकर्मीको भनाई रहेको छ ।
बागलुङमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार १२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्