
ताप्लेजुङ, जेठ १६ । फुङलिङ नगरपालिका ८ स्थित सुकेटार नजिकै रहेको कालिज फर्ममा रहेका डेढ सय कालिज जंगली जनावरको आक्रमणले मरेका छन् ।
वाइल्ड लाइफ एग्रो फर्ममा रहेका १५० भन्दा बढी कालिज गए राती जंगली जनावरको आक्रमणले मरेका हुन् ।
स्थानीय तीन जना युवाले साझेदारीमा फर्म सञ्चालन गरेका थिए ।
राती आक्रमण भएकाले ठुलो संख्यामा क्षति भएको फर्म सञ्चालक नबिन भट्टराईले बताउनुभयो ।
हुर्केर बिक्री गर्ने समयमा पुगेका एक सय ५० बढी कालिज मर्दा झण्डै ४ लाख बढीको क्षति भएको सञ्चालकको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्