१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


पार्टी भित्रकै नेताबाट देशका लागि अनिष्ट हुने काम भइरहेको छ : प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, जेठ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रैका नेताबाट देशको लागि अनिष्ट हुने काम भईरहेको बताउनुभएको छ ।

तेश्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले संसदीय प्रणाली र दलिय प्रणालीमा विश्वमै कतै नहुने घटना नेपालमा भईरहेको बताउनुभयो ।

उहाँले नेता माधव कुमार नेपालप्रति इंगित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसको प्रभाव पर्नु स्वभाविक भएको टिप्पणी गर्नुभयो ।

उहाँले उनीहरुले मुलुक विरुद्ध निकै ठूलो अनिष्टको काम गरिरहेको दाबी पनि गर्नुभयो ।

राजनीतिक दल र तीनका नेताहरु अनशासनहिन, अराजक, पार्टी निर्देशन विपरित फ्लोर क्रस गर्ने, पार्टी अनुशासन नमान्ने र पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्के उम्मेदवार उठाउने जस्ता दुनियाँको कुनै इतिहासमा नभएको घटना नेपालमा भएको बताउनुभयो ।

उहाँले आफ्नो सरकार ढाल्नका लागि विश्वासको मतदान नगरेर बाहिर बस्ने त कहिले अर्को सरकार बनाउन गरिएको कसरत दलिय अनुसासन, मर्यादा, संसदीय प्रणाली विरुद्ध भएको बताउनुभयो ।