
काठमाडौं, जेठ १६ । आफ्ना सांसदलाई कारवाही गर्ने विषयमा छलफल गर्न बोलाइएको नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आतबार साँझ ५ बजेका लागि बैठक बोलाइएको थियो ।
पार्टी सचिव शेरवहादुर तामाङ्गका अनुसार बैठक सोमबार बिहान १० बजे बस्ने गरी स्थगित गरेको हो ।
बैठकमा सरकारले अध्यादेशबाट ल्याएको बजेटको समीक्षा र देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग मागिएको स्पष्टीकरणका सन्दर्भमा थप कारवाहीको प्रक्रिया अगाडी बढाउने तयारी भैरहेको छ ।
यस्तै कोभिड संक्रमणको विषय तथा आगामी रणनीतिको विषयमा पनि छलफल हुने जनाइएको छ ।
सचिव तामाङका अनुसार शिर्ष नेतृत्वको कार्यव्यस्तता र समय अभावका कारण बैठक स्थगन भएको हो ।
बैठक सोमबार बालुवाटारमा बस्ने तय भएको छ ।
प्रतिक्रिया दिनुहोस्