
AP
एजेन्सी । भारतमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्यामा कमी आउन थालेको छ ।
गत २४ घण्टामा १ लाख ६५ हजार जनामा संक्रमण पुष्टि भएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले २० लाख ६३ हजार ८ सय ३९ नमूना परीक्षण गर्दा एक लाख ६५ हजार ५ सय ५३ संक्रमित फेला परेको जनाएको छ ।
२४ घण्टामा थपिएका संक्रमित पछिल्लो ४६ दिन यताकै सबैभन्दा कम हो ।
यसबीचमा ३ हजार ४ सय ६० संक्रमितले ज्यान गुमाएका छन् ।
भारतमा हालसम्म कोरोनाका कारण ३ लाख २५ हजार ९ सय ७२ जनाको मृत्यु भएको छ ।
भारतमा २१ लाख १४ हजार ५ सय ८ सक्रिय संक्रमित छन् ।
भारतमा २१ करोड २० लाख ब्यक्तिले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा ३० लाख ३५ हजार ब्यक्तिले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्