
पोखरा, जेठ १६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको बताउनु भएको छ ।
पोखरा पर्यटन परिषद्ले पोखरामा आइतबार आयोजना गरेको अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा उहाँले खोपलाई पहिलो प्राथमिकता दिएर नागरिकको जीवन रक्षाका लागि प्रदेश सरकारले काम गरिहेको बताउनुभयो ।
गण्डकी प्रदेश अक्सिजनमा आत्मनिर्भर रहेको उल्लेख गर्दै उहाँले स्वास्थ्य उपचारका लागि आवश्यक पूर्वाधार निर्माणको कार्य द्रुतगतिमा भइरहेको दाबी गर्नुभयो ।
परिषद्ले उपलब्ध गराएको स्वास्थ्य उपकरणले कोभिड– १९ का बिरामीलाई उपचारमा सहज हुने मुख्यमन्त्री गुरुङको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्