
काठमाडौं, जेठ १६ । अन्तर्राष्ट्रिय फुटबल खेलमा सुधारिएको खेल देखाउने प्रयास नेपालले शनिबार बलियो प्रतिद्वन्द्वी इराकसँग खेलेर प्रमाणित गर्यो ।
नतिजा सुम्पिए पनि नेपाली टोलीको प्रदर्शनलाई सबैले तारिफ गरेका छन् ।
कुवेतका प्रमुख प्रशिक्षक अबदुल्लाह अलमुताइरीले टोलीले भोगेको पराजयको जिम्मा लिएका छन् ।
विश्वकप र एसियन कप छनोट खेल खेल्न कुवेत गएको नेपालले त्यस अघिको मैत्रिपूर्ण खेलमा प्राप्त नतिजाले हौसला मिलेको छ ।
फिफा वरियतामा निकै माथि रहेको प्रतिद्वन्द्वी इराकसँग नेपालले मैत्रिपूर्ण खेल्यो । नतिजा सुखद् हुन सकेन ।
तर टोलीले अन्तर्राष्ट्रिय भ्रमणमा भोग्ने गरेको गोलको खडेरीको पारो भने घटेको छ ।
६–२ ले नेपाल पराजित भए पनि पहिलो पटक राष्ट्रिय जर्सी पहिरिएका युवा खेलाडी मनिष डाँगीले नेपालका लागि पहिलो गोल गरे ।
यससँगै डाँगी डेब्यु खेलमा गोल गर्ने तेस्रो खेलाडी समेत भएका छन् । यस अघि हरि खड्का र वाइबी घलेले डेब्यु खेलमा गोल गरेका थिए ।
वाइबी घलेले एसियाली खेलकुदमा कुवेत विरुद्ध सन् १९८२ मा र हरि खड्काले १९९५ को सार्क गोल्डकपमा पाकिस्तान विरुद्ध गोल गरेका थिए ।
डेब्यु खेलमा देशका लागि गोल गरेका मनिष डाँगीले गोल गर्दा खुसी भए पनि नतिजा गुमाउनु पर्दा दुःखी भएको प्रतिक्रिया दिनुभएको छ ।
फुटबलका जानकार तथा सहिद स्मार ए डिभिजन लिगका निर्देशक सञ्जिव मिश्रले इराकजस्तो देशलाई पहिलो हाफको केही मिनेट अगाडि सम्म अग्रता दिएर दबाबमा राख्नु नेपाली टोलीको उपलब्धि भएको बताउनुभएको छ ।
शनिबार मैत्रिपूर्ण खेल खेलेको नेपाल उतैबाट कुवेत विश्वकप र एसियन कप छनोट खेल्न प्रस्थान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्