१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तुमा जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा थप


0
Shares

कपिलवस्तु, जेठ १६ । कपिलवस्तुमा चौथो पटक निषेधाज्ञा बढाएको छ । आगामी जेठ १८ देखि २४ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ ।

जिल्लामा गत वैशाख २१ देखि निषेधाज्ञा जारी छ ।

आइतबार प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना व्यवस्थापन समितिले गरको सिफारिसका आधारमा जिल्ला सुरक्षा समितिले सो निर्णय गरेका हो ।

प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेयले कोरोना भाइरसको दोश्रो भेरिन्टको चेन रोक्नका लागि फेरि एक साताका लागि निषेधाज्ञा थपिएको बताउनुभयो । निषेधाज्ञा २४ गते राति १२ बजेसम्म जारी रहने छ ।

निषेधाज्ञामा अत्यावश्यकीय सेवा भने रोक नलगाइएको प्रमुख पाण्डेयले बताउनुभयो ।

खाद्यान्न तथा अन्य सामान किनमेलका लागि भने दैनिक वबहान ९ बजेदेखि दिउँसो १ बजेसम्म समय तोकिएको छ ।

कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ पारित भइसकेकाले निषेधाज्ञा पालन नगर्नेमाथि कारबाही गरिने उहाँले बताउनुभयो ।

जिल्लामा १ हजार ४६ सक्रिय कोरोना संक्रमित छन् भने १७५ जनाको मृत्यु भइसकेको छ।