फ्रान्सले उपलब्ध गराएको स्वास्थ्य सामग्री आइपुग्यो, मन्त्री त्रिपाठीलाई हस्तान्तरण • Image Khabar Image Khabar


फ्रान्सले उपलब्ध गराएको स्वास्थ्य सामग्री आइपुग्यो, मन्त्री त्रिपाठीलाई हस्तान्तरण


Imagekhabar
१९ जेष्ठ २०७८, बुधबार १२:०६

France support

काठमाडौं, जेठ १९ । फ्रान्स सरकारले नेपाललाई सहयोगस्वरुप उपलब्ध गराएको कोरोना भाइरस रोकथामका लागि प्रयोग हुने स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

सहयोग सामग्रीमा मास्क, एन्टिजेनिक टेस्ट, प्रोटेक्सन ग्लास, रेस्पिरेसन तथा कन्सुमेल लगायत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बुधबार बिहान एयरबसको ए ३५० जहाजमार्फत् स्वास्थ्य सामग्री नेपाल ल्याइएको हो । ति सामग्री त्रिभुवन विमानस्थलमै नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जेभियरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभयो ।

फ्रान्सले उपलब्ध गराएको स्वास्थ्य सामग्री आइपुग्यो, मन्त्री त्रिपाठीलाई हस्तान्तरण

प्राप्त स्वास्थ्य सामग्रीमा एफएफपी टू मास्क ५ लाख ४ हजार थान, एन्टिजेनिक टेस्ट २० हजार २२५ थान, प्रोटेक्सन ग्लास १२ हजार थान, रेस्पिरेटोर्स १४ थान रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्