
तस्विर फाइल
काठमाडौं, जेठ १९ । खाद्य पसल र पूर्वाधार निर्माण खुला गर्दै उपत्यकामा जेठ मसान्तसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।
खाद्यान्न बिक्रीका लागि किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु स्वास्थ्य मापदण्ड पालना गरेर बिहान ९ बजेसम्म खोल्न दिइने भएको छ ।
उपत्यकाका तिन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले लकडाउन खुकुलो बनाउँदै जेठ मासन्तसम्मै लम्ब्याउने निर्णय गरेको हो ।
निर्माण सामग्री ओसार्नको लागि भने रातिको समय तोकिएको छ ।
हाल उपत्यकामा पूर्वाधार निर्माणमा समेत रोक लगाइएको थियो ।
अब भने मजदुरहरुलाई निर्माण क्षेत्रभित्रै राखेर निर्माणको काम सुचालु गर्न खुला गरिएको छ ।
सार्वजनिक सवारी भने अझै केही सयम नखुल्ने भएका छन् ।




प्रतिक्रिया दिनुहोस्