१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ढुंगा–गिटी–बालुवा निर्यातका लागि खुला गर्ने सरकारी निर्णय राष्ट्रघाती–उपेन्द्र यादव


0
Shares

काठमाडौं, जेठ १८ । सरकारले चुरेको खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात गरी व्यापार घाटा कम गराउन भन्दै गरेको निर्णयप्रति राजनीतिक दलहरुले आपत्ति जनाएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकारले बजेट बक्तव्यमा ल्याएको खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यातको निर्णय आपत्तिजनक रहेको बताउनुभएको हो ।

व्यापार घाटा कम गर्न भन्दै बजेटमार्फत् ल्याइएको उक्त कार्यक्रम वातावरणीय हिसाबले घातक पनि रहेको उहाँको भनाइ छ ।

बुधबार विज्ञप्ति निकाल्दै यादवले यस निर्णयबाट नवधनाढ्यदेखि व्यवसायीलाई त फाइदा नै होला तर सबैभन्दा बढी प्रभाव चुरेको संवेदनशील क्षेत्रमा पर्ने र यसले तराई÷मधेशमा ठूलो प्राकृतिक संकट आउने चेतावनी दिनुभएको छ ।

सरकारको निर्णयलाई राष्ट्रघातीको संज्ञा दिँदै यादवले भन्नुभएको छ, ‘यसले नकारात्मक पर्यावरणीय असर पार्नेछ जसको मूल्य तराई/मधेशमा वसोवास गर्ने जनताले चुकाउनु पर्नेछ । व्यापार घाटा गर्ने नाममा नाममा ढुंगा, गिटी, बालुवा निकासी गर्ने बजेटको घोषणा राष्ट्रघाति रहेको छ ।’