
नवलपुर, जेठ १९ । नवलपरासीस्थित चोधरी उद्योगमा लागेको आगलागी करिब ३ घण्टामा नियन्त्रणमा आएको छ ।
नवलपुरको देवचुली नगरपालिका–२ दुम्कौलीस्थित चौधरी उद्योगमा आगलागी भएको हो ।
उद्योगपति विनोद चौधरीको ‘चौधरी उद्योग ग्राम परिसरमा रहेको नेपाल आइस बु्रअरीको बियर प्लाण्ट र गोदाममा आगलागी भएको हो ।
बिहान करिब ९ बजेतिर भएको आगलागी प्रहरी र अग्निनियन्त्रकको झण्डै ३ घण्टाको प्रयासमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिप कुमार गिरीले बताउनुभएको छ ।
कागज कार्टुन प्लान्टमा आगलागी भएको हुँदा आगो नियन्त्रणमा लिन समस्या भएको थियो ।
आगलागी हुँदा बियर राख्न प्रयोग गरिने काटुन धेरै मात्रामा जलेर नष्ट भएको छ ।
आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।
विद्युत सर्टका कारण आगलागी भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्