
हेटौंडा, जेठ १९ । हेटौंडामा मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघ संस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले पल्पसा आइसोलेशन सेन्टर संचालनमा ल्याएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्वीकृति दिएपछि बुधबारदेखि ३० वेडको आइसोलेसन सेन्टर सञ्चालनमा आएको हो ।
आइसोलेसन सेन्टरमा अक्सिजनसहित पुरुषका लागि २० वटा र महिलाका लागि १० वटा छुट्टाछुट्टै वेडको व्यवस्था गरिएको कोभिड हेल्प डेस्कका संयोजक कृष्ण कटुवालले जानकारी दिनुभयो ।
डेक्सले एम्बुलेन्स सेवासमेत सञ्चालन गर्दै आएको छ ।
स्वास्थ्यकर्मीहरुको निरन्तर रेखदेख रहनेगरी आइसोलेशन सेन्टरमा झुल, टेलिभिजन, इन्टरनेटलगायतको व्यवस्था गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्