१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाँच युरोपेली राष्ट्रद्वारा अन्तर्राष्ट्रिय यात्रुका लागि कोभिड खोपको प्रमाणपत्र अनिवार्य गर्दै


0
Shares

एजेन्सी । यूरोपियन यूयिनमा आवद्ध केहि देशहरुले अन्तर्राष्ट्रिय यात्रुका लागि कोभिडविरुद्धको खोप लागाएको प्रमाणपत्र अनिवार्य गर्ने भएका छन् ।

ग्रीस, जर्मनी लगायत अन्य पाँच राष्ट्रहरुले यात्रुहरुका लागि खोप प्रमाणपत्र प्रणाली अनिवार्य गरेको समाचार संस्था सिजिटिएनले जनाएको छ ।

यसअघि बुल्गेरिया, चेक गणतन्त्र, डेनमार्क, क्रोएशिया र पोल्याण्डले प्रारम्भिक रुपमा यो नियम सुरु गरिसकेको यूरोपेली आयोगले जनाएको छ ।

पर्यटनमा निर्भर रहेको ग्रीसका लागि यो नियम लागु गर्नुपर्ने बाध्यता थियो । ग्रीसले यसका लागि उच्च प्रविधिको सुरक्षाका उपायका लागि क्यू आर कोड प्रयोग गर्ने भएको छ ।

पूर्णरुपमा खोप लिईसकेका, संक्रमण भई निको भईसकेका र ७२ घण्टाभित्र पीसीआर गरेकाहरुलाई यो प्रमाणपत्र दिनेछ ।

ईयूका नागरिकहरुलाई सुरक्षित भ्रमणका लागि यो प्रमाणपत्र हुनु महत्वपूर्ण विकल्प रहेको ईयुका स्वास्थ्य आयुक्त स्टेला क्यारियाकिडेसको भनाई छ ।

यद्यपी अन्य सदस्य राष्ट्रहरुले भने ईयूको यो निर्णयलाई समर्थन नगरेको बताइएको छ ।