
काठमाडौं, जेठ २० । सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ ।
अघिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्य बिहीबार भने ४ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबारका लागि महासंघले छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँ तोकेको छ ।
मंगलबार र बुधबार सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुनको मूल्यको कारोबार मूल्य ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर १ हजार ३ सय ७५ रुपैयाँ पुगेको छ ।
बुधबार मंगलबार भन्दा तोलामा १० रुपैयाँले घटेर १ हजार ३ सय ६० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्