भलुही खोलामा नदीजन्य पदार्थको दोहन, बस्ती नै जोखिममा • Image Khabar Image Khabar


भलुही खोलामा नदीजन्य पदार्थको दोहन, बस्ती नै जोखिममा


Imagekhabar
२० जेष्ठ २०७८, बिहीबार १६:१८

भलुही खोलामा नदीजन्य पदार्थको दोहन, बस्ती नै जोखिममा

परासी, जेठ २० । पश्चिम नवलपरासीको बासाबसहीस्थित भलुही खोलामा नदीजन्य पदार्थको दोहन भइरहेको पाइएको छ ।

नदी दोहनले बस्ती नै जोखिममा परेको छ । खोलाको सरावल गाउँपालिकाले ठेक्का लगाएको छ ।

जेठ मसान्तसम्मका लागि दिइएको ठेक्काको म्याद सकिने समय नजिकिदैं गर्दा ठेकेदारले मसिन प्रयोग गरेर नदीजन्य पदार्थ दोहन गर्न सुरु गरेको स्थानीयले बताएका छन् ।

गाउँपालिकाले सुनवलस्थित पञ्चतारा कन्स्ट्रक्सनका प्रोपाइटर प्रदिप पोखरेललाई ४५ लाखमा ठेक्का दिएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताउनुभयो ।

नदीजन्य पदार्थ उत्खनन् गर्दा मसिन प्रयोग गर्न नपाईने गरी अनुमति दिइएको अध्यक्ष चौधरीको भनाइ छ ।

तर ठेकेदारले बस्ती नै जोखिममा पर्ने गरी दैनिक ३ वटा स्काभेटरबाट ढुंगा, बालुवा निकालेपछि स्थानीयले विरोध गरेका छन् ।

यसैबीच नदीजन्य पदार्थको दोहन भएको गुनासो बढेपछि प्रहरीले एक स्काभेटरसहित १५ वटा ट्रयाक्टर खोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्