
काठमाडौं, जेठ २० । जापानले नेपालमा कोरोना महामारीको सामना गर्न स्वास्थ्य उपकरण सहयोग गरेको छ ।
बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित जापानको दूतावासले जापान सरकारबाट प्राप्त १६० थान अक्सिजन जेनरेटरहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।
अक्सिजन जेनरेटर देशभरका ५८ वटा अस्पतालहरूमा पुर्याइने जनाएको छ ।
जापान सरकारले हालसम्म २५ थान ब्लड ग्यास एनलाईजर र २५ थान पोर्टेबल अल्ट्रासाउन्ड सहयोग गरेको र यो देशभरिका धेरै अस्पतालहरूमा प्रयोग गरिएको छ।
जापानले यस महामारीमा एम्बुलेन्सको अभाव कम गर्न मोबाइल अस्पतालको रूपमा काम गर्ने अत्याधुनिक एम्बुलेन्स चाँडै प्रदान गर्ने जनाएको छ ।
दुतावासले यो सहयोगले कोभिड संकमणबाट पीडित धेरै नेपालीहरुको जीवन बचाउने र चिकित्सा पेसाकर्मीहरुको कठिनाईलाई पनि सहज बनाउँने आशा र विश्वास गरेको छ ।
प्रतिक्रिया दिनुहोस्