१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले ‘खुवालुङ’ हटाउने कार्यक्रम समावेश गर्दा किराँत समुदाय आक्रोशित


0
Shares

धनकुटा, जेठ २० । किराँत समुदायले पुज्दै आएको सप्तकोशी नदीमा रहेको ठूलो ढुंगा खुवालुङ फेरी चर्चामा आएको छ ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा सप्तकोशी नदीमा पानी जहाज संचालन गर्नका लागि नदीको बीचभागमा रहेको ठूलो ढुंगा खुवालुङ हटाउने कार्यक्रम ल्याएपछि किरात धर्मावलम्बीहरुले विरोध जनाएका छन् ।

खुवालुङ किराँत सभ्यतासँग जोडिएको खुवालुङ जोगाउनु पर्नेमा हटाउन खोज्नु पहिचान र आस्थामाथिकै प्रहार भएको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

अवरोध हटाउने नाममा खुवालुङ फुटाउने योजनालाई सफल हुन नदिइने नेपाल आदिबासी जनजाती महासंघ धनकुटा परिषदका अध्यक्ष संजयसन्तोषी राईले बताउनुभयो ।

यसअघि पनि खुवालुङ फुटाउन नहुने भन्दै पटक पटक विरोध भएको थियो ।

सरकारले जेठ १५ गते प्रस्तुत गरेको बजेटमा नदीमा रहेका अवरोध हटाउने उल्लेख गरेको थियो ।