छत्रपाटी चिकित्सालयलाई काठमाडौं महानगरले दियो दुईवटा भेन्टिलेटर • Image Khabar Image Khabar


छत्रपाटी चिकित्सालयलाई काठमाडौं महानगरले दियो दुईवटा भेन्टिलेटर


Imagekhabar
२० जेष्ठ २०७८, बिहीबार १७:५३

छत्रपाटी चिकित्सालयलाई काठमाडौं महानगरले दियो दुईवटा भेन्टिलेटर

काठमाडौं, जेठ २० । काठमाडौं महानगरपालिकाले बिहीबार छत्रपाटी निःशुल्क चिकित्सालयलाई थप २ थान भेन्टिलेटर प्रदान गरेको छ ।

मेयर विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठलाई उपकरण हस्तान्तरण गर्नुभएको हो ।

यसैबिच अरनिको समाजले पनि अस्पताललाई १ थान एनेस्थेसिया मेसिन र आकस्मिक उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्