
काठमाडौं, जेठ २१ । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
भेटमा प्रदेश–२ मा सत्ता सहकार्यका सम्बन्धमा छलफल भएको छ । अध्यक्ष यादवले सत्ता सहकार्यका लागि नेपाली कांग्रेससँग प्रस्ताव गर्नुभएको जनाइएको छ ।
यादवको प्रस्तावमा कांग्रेस उपसभापति निधिले आफ्नो पार्टीको नेतृत्वमा नयाँ समीकरण बनाउन प्रस्ताव गर्नुभएको तर यादवले भने अहिलेकै सरकारमा संलग्न हुन कांग्रेसलाई आग्रह गर्नुभएको बताइएको छ ।
प्रदेश–२ मा यादव निकट लालबाबु राउत मुख्यमन्त्री भए पनि राष्ट्रिय राजनीतिमा पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी ओलीसँग सत्ता सहकार्यमा जाने भएपछि प्रदेश सरकार जोगाउने अभियानमा यादव जुट्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्