१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नयाँ दल दर्ताबारे कसैसँग छलफल भएको छैन् : स्वास्थ्यमन्त्री त्रिपाठी


0
Shares

नवलपरासी, जेठ २१ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नयाँ दल दर्ताबारे कसैसँग पनि छलफल नभएको बताउनुभएको छ ।

शुक्रबार नवलपरासीमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले जनता सामाजवादी पार्टीका नेता महन्थ ठाकुर समूहसँग मिलेर नयाँ पार्टी दर्ता गर्न लागेको भन्ने हल्ला निराधार भएको बताउनुभएको हो ।

जसपाको महन्थ पक्ष सरकारमा समावेश हुने भएपछि आफू खुसी भएको उहाँको भनाई थियो ।