
काठमाडौं, जेठ २१ । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले आफ्नो सांसद पद कायम राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।
उहाँले आफूले पार्टी नछोडेको र ह्वीप पनि उल्लंघन नगरेको भन्दै विना आधार पार्टीले कारबाही गरेको भनी सांसद पद कायम राख्न माग गर्दै रिट दिनुभएको छ । उक्त रिट शुक्रबार सर्वोच्च अदालतमा दर्ता भएको छ ।
राष्ट्रिय जनमोर्चाले थापालाई पार्टीबाट निष्कासन गरेको पत्र प्रदेशसभा सचिवालयमा दिएपछि बिहीबारको प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले थापा निष्कासनमा परेको जानकारी गराउनुभएको थियो । त्यसपछि थापा सांसदबाट पदमुक्त हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्