२७ असार २०८२, शुक्रबार | Sat Jul 12 2025


कामचलाउ सरकारले जसपाको एक पक्ष सरकारमा लैजाँदै, राजेन्द्र महतोको नेतृत्वमा १० मन्त्री बन्ने, सपथ आजै


13
Shares

काठमाडौं, जेठ २१ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारमा जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष सहभागी हुने भएको छ ।

अहिले केही बेरमै जसपाका सरकारमा सहभागी हुने नेतालाई सपथ गराउन लागिएको छ ।

राजेन्द्र महतोको नेतृत्वमा ८ मन्त्री र २ राज्यमन्त्री सरकारमा जान लागेका हुन् । नेताहरुलाई अहिले ६ बजे सपथका लागि राष्ट्रपति कार्यालय शितल निवास बोलाइएका्े छ ।

जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री बन्‍ने पक्का भएको हो ।

जसपा महतोलाई उपप्रधानसहित सहरी विकासमन्त्री, शरतसिंह भण्डारीलाई ऊर्जा, जलस्रोत तथा सिँचाई, अनिल झालाई खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरियालाई वन तथा वातावरण, चन्दा चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक तथा एकवाल मियाँवलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिइने छ ।

यस्तै राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री हुनुहुनेछ ।

दिउँसो ठाकुर र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भएको लामो छलफलपछि मन्त्रालय बाँडफाँड भएको हो ।

जसपाको उपेन्द्र यादव पक्षले ओली सरकारविरुद्ध अभियान चलाए पनि ठाकुर पक्ष सरकारमा जान लागेको हो ।