२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अब पत्रकार बन्न जाँच दिनुपर्ने


0
Shares

काठमाडौं, जेठ २१ । सरकारले पत्रकार बन्न जाँच लिने निकायका रूपमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने भएको छ ।

सञ्चार तथा सुचना प्रविधी मन्त्रालयमा शुक्रबार गरिएको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री पार्वत गुरुङले पत्रकारलाई जाँच लिने निकाय गठन गर्न लागेको जानकारी दिनुभएको हो ।

कुनै पनि सेवा क्षेत्रमा प्रवेश गर्नका लागि आधारभूत दक्षता परीक्षण र उत्तीर्ण गर्नु जरूरी भएजस्तै पत्रकारितामा प्रवेश गर्नका लागि सरकारी मान्यताको प्रशिक्षण केन्द्र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गठन आदेश २०७८ लाई अर्थ मन्त्रालयमा पठाइएको मन्त्री गुरुङले जानकारी दिनुभयो ।