
एजेन्सी । भारतमा कोरोना महामारीको तेश्रो लहर शुरु हुने सम्भावनालाई मध्यनजर गर्दै नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले तेस्रो महामारी विरुद्ध तयारी सुरु गर्नुभएको छ ।
तेस्रो चरणको महामारीका बेला हुन सक्ने सम्भावित क्षति र त्यसको न्यूनीकरण तथा नियन्त्रणका लागि गर्न सकिने उपायहरुका बारेमा उहाँले परामर्श गर्नुभएको छ ।
दिल्ली सरकारले तेस्रो महामारी विरुद्ध लड्नका लागि तयारी गर्न गत मे २७ मा १३ सदस्यीय एउटा समिति समेत गठन गरेको छ ।
भारतको स्वास्थ्य सेवाका लागि आवश्यक भौतिक संरचना, अक्सिजन प्लान्ट, औषधीको पर्याप्तता लगायत सामग्रीलाई तयारी अवस्थामा राखिएको छ ।
दिल्ली सरकारले तेस्रो महामारी विरुद्ध लड्नका लागि तयारी गर्न गत मे २७ मा १३ सदस्यीय एउटा समिति समेत गठन गरेको छ ।
स्वास्थ्य सेवाका लागि आवश्यक भौतिक संरचना, अक्सिजन प्लान्ट, औषधीको पर्याप्ततालगायतका विषयमा ध्यान दिनु पर्नेमा अधिकांशको सुझाव रहेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्