कोरोनाको तेस्रो लहर नियन्त्रणका लागि तयारीमा दिल्लीका मुख्यमन्त्री केजरीवाल • Image Khabar Image Khabar


कोरोनाको तेस्रो लहर नियन्त्रणका लागि तयारीमा दिल्लीका मुख्यमन्त्री केजरीवाल


Imagekhabar
२१ जेष्ठ २०७८, शुक्रबार २०:०८

कोरोनाको तेस्रो लहर नियन्त्रणका लागि तयारीमा दिल्लीका मुख्यमन्त्री केजरीवाल

एजेन्सी । भारतमा कोरोना महामारीको तेश्रो लहर शुरु हुने सम्भावनालाई मध्यनजर गर्दै नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले तेस्रो महामारी विरुद्ध तयारी सुरु गर्नुभएको छ ।

तेस्रो चरणको महामारीका बेला हुन सक्ने सम्भावित क्षति र त्यसको न्यूनीकरण तथा नियन्त्रणका लागि गर्न सकिने उपायहरुका बारेमा उहाँले परामर्श गर्नुभएको छ ।

दिल्ली सरकारले तेस्रो महामारी विरुद्ध लड्नका लागि तयारी गर्न गत मे २७ मा १३ सदस्यीय एउटा समिति समेत गठन गरेको छ ।

भारतको स्वास्थ्य सेवाका लागि आवश्यक भौतिक संरचना, अक्सिजन प्लान्ट, औषधीको पर्याप्तता लगायत सामग्रीलाई तयारी अवस्थामा राखिएको छ ।

दिल्ली सरकारले तेस्रो महामारी विरुद्ध लड्नका लागि तयारी गर्न गत मे २७ मा १३ सदस्यीय एउटा समिति समेत गठन गरेको छ ।

स्वास्थ्य सेवाका लागि आवश्यक भौतिक संरचना, अक्सिजन प्लान्ट, औषधीको पर्याप्ततालगायतका विषयमा ध्यान दिनु पर्नेमा अधिकांशको सुझाव रहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्