१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बागलुङमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा चार जना थुनामा


0
Shares

बागलुङ, जेठ २१ । बागलुङमा किशोरी बलात्कारको आरोपमा चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ४ की १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा चार जनालाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा राख्ने आदश दिएको हो ।

जिल्ला अदालतका श्रेस्तेदार सूर्यप्रसाद भण्डारीको इजलाशले चार जना पुरुषलाई कारागार र एक जना १५ वर्षीया बालिकालाई सुधार गृहमा राख्न आदेश दिएको हो ।

गत वैशाख २३ गते राती बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौरमा किशोरीलाई बलात्कार गरेको आरोप छ ।

बागलुङ नगरपालिका वडा नम्बर ४ का ३५ वर्षीय राजेन्द्र सुवेदी उपाध्याय, ३६ वर्षीय गिरिजा भनिने राजु कँडेल, ३२ वर्षीय दिनेश घर्ती क्षेत्री र २५ वर्षीय गोकुल पुनलाई पुर्पक्षका लागि कारागार पठाइएको हो ।

त्यस्तै बागलुङ नगरपालिका वडा नम्बर ३ घरकी १५ वर्षीया बालिकालाई सुधार गृहमा राख्न अदालतले आदेश दिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।