१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महालक्ष्मी नगरपालिका ६ मा अक्सिजनसहित आइसोलेसन सेन्टर स्थापना


0
Shares

काठमाडौ., जेठ २३ । ललितपुरको महालक्ष्मी नगरपालिका ६ मा अक्सिजनसहित १० बेड क्षमताको सुविधासम्पन्न आइसोलेसन सेन्टर स्थापना गरीएको छ ।

महालक्ष्मी नगरपालिका वडा नम्बर ६ र गुठी अष्टे«ेलियाको सहयोगमा उक्त आइसोलेसन सेन्टर स्थापना गरिएको हो ।

नगरपालिकाको थसिस्थित अनन्त बोर्डिङ स्कुलको भवनमा आइसोलेसन सेन्टरको स्थापना गरीएको हो ।

सो स्थानीयबासीको अग्रसरतमा अष्ट्रेलियामा रहेका नेपालीहरुको सहयोगमा उक्त आइसोलेसन सेन्टरको सुरवात गरिएको हो ।

कोरोना महामारी जारी रहेको अवस्थामा आफ्नो क्षेत्रमा संक्रमित भएकाहरुलाई उपचारमा सहज होस भनेर सुविधासम्पन्न आइसोलेसन सेन्टरको सुरुवात गरिएको वडाबासीले जनाएका छन् ।

सो सेन्टरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले निरीक्षणसमेत गर्नुभएको छ ।

उहाँले महामारीको बेलामा सबैको सहयोगले कोरोनालाई परास्त गर्न सकिने पनि बताउनुभयो ।