
तस्विर फाइल
पोखरा, जेठ २३ । मुख्यमन्त्रीको तयारी नपुगेको भन्दै आइतबारका लागि डाकिएको गण्डकी प्रदेश सभाको बैठक स्थगित गरिएको छ ।
बजेटको सिद्धान्त र प्राथमिकताबारे छलफल टुंग्याएर गत बिहीबार स्थगित भएको बैठक अब सरकारले विश्वासको मत लिने बेला मात्रै खुल्ने भएको छ ।
प्रधानमन्त्रीमा पुन नियुक्त भएपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले २७ गते भित्र विश्वासको मत लिनुपर्ने छ ।
विपक्षी दलहरु मूख्यमन्त्री गुरुङलाई विश्वासको मत पुर्याउन नदिने रणनीतिमा लागेका छन् ।
तर प्रदेशसभाको गणित हेर्दा दुवै पक्षले बहुमत पुर्याउन नसक्ने देखिन्छ ।
जनमोर्चाका कृष्ण थापा कारबाहीमा परेपछि गण्डकी प्रदेशसभामा ५९ सांसद कायम भएको छ ।
बहुमत पुर्याउन ३० जना सांसद चाहिन्छ ।
प्रतिक्रिया दिनुहोस्