
काठमाडौं, जेठ २३ । वाणिज्य बैंकहरुको सेयर भाउ वृद्धि हुन थालेपछि सेयर बजारमा थप रौनकता आएको छ ।
बैंकहरुको सेयर भाउमा क्रमशः वृद्धि हुँदै आज नेप्से सूचक र खरिदबिक्री रकम दुवैमा नयाँ कीर्तिमान कायम भएको छ ।
आइतबार १७ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यो अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार रकम हो ।
यसअघि जेठ १६ गते सर्वाधिक १७ अर्ब २ करोड ८४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।
नेप्से सूचक पनि ५० दशमलव १३ अंकले बढेर २९०६.८९ विन्दुमा आइपुगेको छ ।
यो पनि अहिलेसम्मकै उच्च विन्दु हो । आइतबार कुल २ सय १८ कम्पनीको ३ करोड ७४ लाख ५५ हजार बढी कित्ता सेयर खरिद बिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्