१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


थप ३ हजार ४७९ संक्रमित, ९९ जनाको मृत्यु


0
Shares

काठमाडौं, जेठ २३ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४७१ जनाको पीसीआर परीक्षण गर्दा ३०२४ जना तथा ३२६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६ हजार ६३६ जना संक्रमणमुक्त भएका छन् । त्यसै गरी थप ९९ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ८९८ पुगेको छ ।

हाल देशभर ८९ हजार २१७ जना सक्रिय संक्रमित रहेका छन् ।