
काठमाडौं, जेठ २३ । विभिन्न २२ वटा राजनीतिक समूहले अमेरिकी सहायता परियोजना मिलिनियमन च्यालेन्ज कर्पोरेशन (एमसीसी)को बजेट र ढुंगा गिटी निकासी सम्बन्धमा गरेको निर्णय खारेज गर्न सरकारसँग माग गरेका छन् ।
आइतबार एक विज्ञप्ती जारी गरी विभिन्न २२ राजनीतिक संगठनको कार्यगत एकता समूहले संसदबाट पारित नभएको एमसीसी परियोजना अन्र्तगतको विद्युत्तको हाइटेन्सन लाइनका लागि अध्यादेशमार्फत छुट्ट्याईको बजेर र व्यापार घाटा कम गर्न भन्दै ढुंगा, बालुवा र गिटी निकासी गर्ने निर्णय खारेज गर्न माग गरेका हुन् ।
समूहका तर्फबाट नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले जारी गरेको विज्ञप्तीमा एमसीसी र ढुंगा, गिटी दुवै विषयमा गरिएको निर्णय खारेज नगरे उत्पन्न परिस्थितिका लागि सरकार स्वयम् जिम्मेवार हुने चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्