६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


आवश्यक तयारी नपुगेको भन्दै सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित


0
Shares

कैलाली, जेठ २३ । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ ।

प्रि-बजेट छलफल गर्ने बोलाएको बैठकमा प्रदेश सरकारले आवश्यक तयारी नपुगेको भनेपछि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको अर्को बैठक सोमबार बिहान ९ बजे बोलाइएको छ ।

प्रदेश प्रमुखको आह्वानमा शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन सुरु भएको थियो ।

सरकारले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने जनाएको छ ।