
तस्विर फाइल
काठमाडौं, जेठ २३ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले निर्वाचन आयोगले माग गरेको कागजात आयोगलाई तत्काल नबुझाउने भएको छ ।
आयोगले ठाकुर पक्षलाई केन्द्रीय कार्यकारिणी समिति बैठकको निर्णयको हस्ताक्षरसहितको माइन्यूट र अनुसूची १८ अनुरुपको फाराम भरेर पठाउन भनेकोमा कोरोनाका कारण हस्ताक्षर बुझाउन ढिला हुने जानकारी आयोगलाई दिएको हो ।
यसअघि जसपाका दुवै पक्षले आयोगलाई बुझाएको पत्र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचा नपुगेको भन्दै अनुसूची १८ को फाराम भरेर बुझाउन आयोगले निर्देशन दिएको थियो ।
यादव पक्षले भने आयोगको मागअनुसार गत बिहिबार नै कागजात बुझाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्