४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


यमनमा मिसाइल आक्रमणमा, सात वर्षिया बालिकासहित १७ जनाको मृत्यु


0
Shares

एजेन्सी । यमनमा हुथी बिद्रोही समुहले गरेको मिसाइल आक्रमणमा सात बर्षिया बालिकासहित १७ जनाको मृत्यु भएको छ ।

यमनको मारिब शहरमा प्रहार गरिएको मिसाइल सोही शहरमा रहेको पेट्रोल पम्पमा खसेपछि भीषण आगलागी भएको जनाइएको छ ।

मिसाइल आक्रमणलगत्तै हुथी बिद्रोहीले सोही शहरको ब्यस्त बजारमा बिस्फोटक ड्रोन प्रक्षेपण गर्दा दुई वटा एम्बुलेन्स ध्वस्त भएका छन् ।

यमनको मारिव शहर कब्जामा लिने प्रयासमा रहेको हुथी बिद्रोहीले सो शहरलाई निशाना बनाई पटक पटक आक्रमण गर्दै आएको छ ।

यमनमा सन् २०१४ देखि सरकार र बिद्रोही समुहबीच जारी संघर्षका कारण हालसम्म १ लाख ३० हजार भन्दा बढीको मृत्यु भईसकेको छ ।