
काठमाडौं, जेठ २३ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीलाई २०७५ जेठ २ अघिको अवस्थाबाट अगाडि बढाउन आफू तयार रहेको भन्दै पार्टी एकतामा आउन सबैलाई आह्वान गर्नुभएको छ ।
तत्कालीन नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिएका नेताहरुसहित केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरु क्रियाशील हुने पनि ओलीले बताउनु भएको छ । यसमा मूलत माओवादीबाट एमालेमा आएकाहरूलाई संरक्षण दिने मनसाय देखिन्छ ।
पार्टी कमिटी र जनसंगठनहरु पनि मूलभूत रुपमा २०७५ जेठ २ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने उहाँको भनाइ छ ।
पार्टी एकताका लागि ६ बुँदे अपिल जारी गर्दै ओलीले आफ्नो पार्टीको प्रधानमन्त्रीलाई पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने रिटबाट हस्ताक्षर फिर्ता हुनुपर्ने शर्त पनि राख्नुभएको छ ।
ओलीले यसबीचमा भएका कारवाही फिर्ता गरिने र कुनै पुर्वाग्रह र भेदभाव नराखिने बचन पनि दिनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्