७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


ओलीको भनाइप्रति दाहालले गरे निन्दाः ‘मेरो कारण एकता सफल भएन भन्नु भ्रामक र षड्यन्त्रपूर्ण’


0
Shares

काठमाडौं, जेठ २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो कारण एकता नभएको भनी नेकपा एमालेका अध्यक्ष केपी ओलीले लगाएको आरोपको निन्दा गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्नु झूठ, भ्रामक र षड्यन्त्रपूर्ण भएको दाहालको टिप्पणी छ ।

सामाजिक सञ्जाल ट्वीटरमा दाहालले लेख्नुभएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’

आइतबार साँझ ओलीले नेकपा एमालेभित्रको एकताका लागि एक प्रस्ताव सार्वजनिक गर्दै सर्वोच्च अदालतले अलग हुने फैसला गरेपछि पनि आफूले माओवादी केन्द्रसँग एकताको प्रस्ताव गरेको तर प्रचण्डको अनिच्छाका कारण सफल हुन नसकेको उल्लेख गर्नुभएको थियो ।