
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारीमा पिल्सिएका ८० करोड गरीब जनतालाई आगामी दिपावलीसम्मका लागि निशुल्क खाद्यान्न्न उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।
साथै १८ बर्ष माथिका सवै नागरिकलाई निशुल्क खोपको ब्यवस्था गर्ने भन्दै मोदीले यही जुन २१ देखि १८ बर्षदेखि ४४ बर्ष उमेर समुहमा खोप लगाउन शुरु गरिने जानकारी दिनुभयो ।
सोमबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै उहाँले बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाको खोप तयार नपारेको खण्डमा लाखौंको ज्यान जान सक्ने अवस्था रहेको बताउनुभयो ।
भारतमा हाल सात प्रकारको खोप तयार भईरहेको भन्दै उहाँले आगामी दिनमा थप खोप र अन्य औषधी तयार हुने विश्वास ब्यक्त गर्नुभयो ।
खोप अभियानमा भारत बिश्वका अन्य राष्ट्रहरु भन्दा पछाडि नरहेको पनि मोदीको भनाइ थियो ।
भारतको इतिहासमा यति धेरै अक्सिजनको खपत पहिलो चोटी भएको भन्दै उहाँले चर्को अभावकाबीच पनि अक्जिसन उपलब्ध गराएर लाखौं भारतीयको ज्यान बचाएको जिकीर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्