२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राजकीय थाइ विहार, लुम्बिनीबाट स्वास्थ्य सामग्री सहयोग


0
Shares

काठमाडौं, जेठ २५ । राजकीय थाइ विहार, लुम्बिनीले कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएका छन् ।

विहारका प्रमुख भिक्षु फ्रा श्रीवोधिविदेस सुफोट भन्तेबाट स्वास्थ्य सामग्रीहरु प्राप्त भएको हो ।

भन्तेबाट भीम अस्पताल, भैरहवालाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण भएको थियो ।

जसमा अक्सिजन कन्सन्ट्रेटर मेसिन ३ थान, पल्स अक्सिमिटर, सर्जिकल मास्क, सर्जिकल ग्लब्स र स्यानिटाईजर रहेका छन् ।

यस अघि कपिलवस्तु अस्पताललाई पनि विहारले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराईसकेको छ ।

थाइल्यान्डको राजधानी बैंककका वासिन्दाले सहयोग स्वरूप सो स्‍वास्‍थ्‍य सामग्री पठाएको विहारले जनाएको छ ।