
दाङ, जेठ २५ । दाङ जिल्लामा निषेधाज्ञा एक साताका लागि थप गरिएको छ ।
जिल्ला कोरोना नियन्त्रण व्यवस्थापन समितिको मंगलबार घोराहीमा बसेको बैठकले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै असार १ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
बैठकले खाद्यान्न पसल र बैंकहरु खोल्ने समयलाई हेरफेर गरेको छ ।
जस अनुसार अब खाद्यान्न पसलहरु हरेक दिन बिहान ६ बजेदेखि १० बजेसम्म खुल्ला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी एव समितिका अध्यक्ष दिर्घनारायण पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार अब सबै प्रकारका बैंकहरु हरेक दिन बिहान १० देखि २ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको छ ।
बैठकले होटेल, रेष्टुरेण्ट, डान्सवार, खाजाघर, कपाल काट्ने पसल लगायतका अन्य व्यवसायहरु खोल्न नपाइने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्