
बागलुङ, जेठ २५ । बागलुङको निसीखोला गाउँपालिकामा जिल्लामै सबैभन्दा कम कोरोना संक्रमति छन् ।
गाउँपालिकाले कोरोना नियन्त्रण तथा रोकथामका लागि गत वर्षदेखि नै आवश्यक पूर्व तयारी गरेका कारण संक्रमण कम भएको जनाएको छ ।
गत वर्षको पहिलो लहरमा पनि जिल्लामै सबैभन्दा कम संक्रमित थिए भने यस वर्षको दोस्रो लहरमा अहिलेसम्म ४६ जनामा मात्रै संक्रमण देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक टोपबहादुर चन्दले जानकारी दिनुभयो । यो जिल्लामै सबै भन्दा कम संक्रमित संख्या भएको उहाँको भनाई छ ।
गाउँपालिकामा अहिले १७ जना सक्रिय संक्रमित छन् । जसमध्ये नौँ जना प्रभा माध्यमिक विद्यालयको आइसोलेशन, चार जना कोभिड अस्पताल र तीन जना होम आइसोलेशनमा रहेको चन्दले जानकारी दिनुभयो ।
उहाँले अरु पालिकामा जस्तो अहिलेसम्म धेरै संक्रमित नबढेको भन्दै सम्भावित जोखिमलाई मध्यनजर गर्दै आन्तरिक व्यवस्थापनलाई जोड दिएको बताउनुहुन्छ ।
सौभाग्य मान्नुपर्छ, हालसम्म निसीखोलामा संक्रमणबाट एक जनाको पनि मृत्यु भएको छैन । गाउँपालिकाले सुरुको दिनदेखि नै संक्रमण नियन्त्रणमा सक्रिय भएकाले अन्य पालिकामा जस्तो धेरै संक्रमण नफैलिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्यले बताउनुभयो ।
गाउँपालिकामा भएका सबै नाकाहरु बन्द गर्नेदेखि बाहिरबाट आउने नागरिकहरुको सही व्यवस्थापन हुँदा संक्रमण बढी फैलिन नपाएको बताउनुहुन्छ ।
संक्रमण पहिचानको लागि कन्ट्याक टेसिङ गर्ने र शंकास्पद बिरामीको परीक्षण गरि रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक टोप बहादुर चन्दल बताउनुभयो । उहाँले वडासम्म पुगेर कोरोना परीक्षणको लागि स्वाब संकलन गरेको र एन्टिजेन्ट मार्फत समेत परीक्षण तीव्र पारेको बताउनुभयो ।
यो समय खेतिपातीको भएको हुँदा धेरै नागरिकहरु एकै ठाउँ भएर काम गर्ने गर्दा संक्रमणको जोखिम रहेकाले गाउँपालिकाले खेतबारीमा काम गर्दा पनि सामाजिक दूरी कायम, माक्सको प्रयोग गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्