
तस्विर फाइल
सुर्खेत, जेठ २५ । सोमबार कार्यसूचीमै प्रवेश नगरी स्थगित कर्णाली प्रदेशसभा आठौं अधिवेशनको बैठक अनिश्चित बनेको छ ।
कर्णालीका भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापालाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने अडान प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलेका सांसदहरुले लिएपछि बैठक स्थगित गरिएको थियो ।
एमाले संसदीय दलका नेता यामलाल कँडेल र सांसद करवीर शाहीले मन्त्री थापालाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने अडान लिएपछि सभामुख राजबहादुर शाहीले सूचना सुनाएर मंगलबार २ बजेसम्म बैठक स्थगित गनुएभएको थियो ।
स्थगित बैठक पूर्वनिधारित समयमा आज मंगलबार पनि सुचारु हुन सकेको छैन ।
सरकार पक्ष र प्रतिपक्षबीच बैठक सुचारु गर्ने सम्बन्धमा वार्ता चलिरहेको र वार्ताको कुनै निष्कर्ष नआएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्