
पोखरा, जेठ २५ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते प्रदेशसभामा विश्वासको मत लिने हुनुभएको छ ।
प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ गते गुरुङ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
नियुक्त भएको ३० दिनमा विश्वासको मत लिनुपर्ने प्राबधान अनुसार उहाँले विश्वासको मत लिने हुनु भएको हो ।
यसबारे मुख्यमन्त्री गुरुङले प्रदेशसभा सचिवालयलाई आज पत्रमार्फत जानकारी गराउनुभएको छ ।
हालसम्मको समिकरण अनुसार मुख्यमन्त्रीको पक्षमा २९ मत रहेको छ भने प्रतिपक्ष संग ३० मत रहेको छ ।
दुबै पक्षलाई बहुमत पु¥याउन गाह्रो भएको छ । प्रतिपक्ष दलले आफ्नो पक्षमा ३१ सांसद पु¥याउन सभामुख नेत्रनाथ अधिकारीलाई राजिनामा गराउने तयारी थालेको छ ।
यसबारे माओवादी संसदीय दलले प्रदेश अध्यक्ष हितराज पाण्डेसँग छलफल गरी केन्द्रीय कमिटीको निर्देशन मान्ने निश्कर्षमा पुगेको छ ।
सभामुखले दुबैतिर मत बराबरी भए मात्र मत दिन पाउने प्राबधान छ ।
प्रतिक्रिया दिनुहोस्