७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


नेपालमा वैदेशिक लगानीका लागि रकम ल्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने


0
Shares

काठमाडौं, जेठ २५ । नेपाल राष्ट्र बैंकले विदेशबाट नेपालमा प्रत्यक्ष लगानीको रकम ल्याउनका लागि सजिलो ब्यवस्था गरेको छ ।

राष्ट्र बैंकले मंगलबार विदेशी लगानी तथा विदेशी ऋण ब्यवस्थापन विनियमावली–२०७८ जारी गर्दै प्रत्यक्ष लगानीको रकम ल्याउँदा राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको हो ।

विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरेपछि सो बापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिन अनिवार्य नहुने विनियमावलीमा उल्लेख छ ।

तर, विदेशी लगानी स्वीकृत भए पश्चात् विदेशी मुद्रा भित्र्याउनु वा पठाउनु पूर्व भने अनुसूची–२ को ढाँचाको एकाईमा लिखित जानकारी दिनु पर्ने व्यवस्था गरिएको छ ।

नेपाल भित्रिएको विदेशी लगानी बापतको रकम बैंक तथा वित्तीय संस्थाले सम्बन्धित कम्पनी तथा उद्योगको खातामा जम्मा गर्न सक्ने छन् ।

त्यसका लागि नौ वटा कागजपत्र आवश्यक पर्ने जनाइएको छ ।

यस्तै, राष्ट्र बैंकले विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजान विदेशी मुद्रााको सटहीमा पनि केही सहजीकरण गरेको छ ।