१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एप मार्फत विश्वरभरबाट ८ सयभन्दा बढी अपराधी पक्राउ


0
Shares

एजेन्सी । अमेरिकाको संघीय जाँच ब्युरो (एफबिआइ) ले विभिन्न देशका अपराधीलाई मेसेजहरू गोप्य हुने एएनओएम नामक एप मार्फत विश्वरभरबाट विभिन्न अपराधमा संलग्न ८ सय भन्दा बढीलाई पक्राउ गरेको अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले जानकारी दिनुभएको छ ।

मोरिसनले यो अपरेशन विश्वभरिका संगठित अपराधीविरूद्ध ठूलो प्रहार गरेको बताउनु भएको छ ।

संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र युरोपियन युनियनका अधिकारीहरूले बनाएको सोे एपका मेसेजहरू गोप्य हुने विषेशताका कारण अपराधीहरूले चलाउन थालेको बताएको छ ।

अपराधीहरुले एप प्रयोग गर्न थालेपछि अधिकारीहरूले रियल टाइम उनीहरूका योजाबारे थाहा पाउन थालेका थिए ।

मेसेजहरूको आधारमा अहिलेसम्म ८ सय बढीलाई पक्राउ गरिएको अहिलेसम्म अष्ट्रेलियाली अधिकारीहरूले २२४, न्युजिल्यान्डमा ३५, स्विडेनमा ७५, जर्मनीमा ६०, नेदरल्यान्डमा ४९ जनालाई पक्राउ गरिएको छ ।

उनीहरूबाट ठूलो मात्रामा लागु औषधसहित १४ करोड ८० लाख डलर पनि बरामद गरिएको बीबीसीले जनाएको छ ।