२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

सभामुखले शुक्रबार शीर्ष दलका नेताहरु भेट्दै


0
Shares

agni sapkota answer to pm

काठमाडौं, जेठ २६ । सभामुख अग्निप्रसाद सापकोटाले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग छलफल गर्ने हुनुभएको छ ।

सभामुख सापकोटाले शुक्रबार दिउँसो प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीसहित विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसंग छलफल गर्न लाग्नुभएको हो ।

शुक्रबार दिउँसो २ बजे संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा छलफलको लागि सभामुखले बुधबार पत्र पठाइसक्नुभएको सभामुखको सचिवालयले जनाएको छ ।

विघटित प्रतिनिधिसभामा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्टिय जनमोर्चा, नेमकिपा र राप्रपाको प्रतिनिधित्व रहेको छ ।

सभामुखले कुन विषयमा छलफल गर्न खोज्नु भएको हो भन्ने चाहीँ खुलाइएको छैन ।