१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निषेधाज्ञा तत्काल खुकुलो बनाउने अवस्था छैन् : स्वास्थ्य मन्त्रालय


0
Shares

काठमाडौं, जेठ २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले हाल जारी निषेधाज्ञा खुकुलो बनाउने अवस्था नरहेको जनाएको छ ।

सरकारले कोरोना संक्रमणलाई नियन्त्रण गर्न डेढ महिनादेखि लगाईरहेको निषेधाज्ञा केही सहज गराउदै लैजाने विषयमा छलफल भईरहेको बेला स्वास्थ्य मन्त्रालयले निषेधाज्ञा सहज बनाउने बेला भईनसकेको जनाएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले दिनहुँ परीक्षण गरिएका मध्ये २५ देखि ३० प्रतिशत व्यक्तिमा संक्रमण देखिएकाले अहिले नै निषेधाज्ञा खुकुलो बनाउन हुदैन भन्ने मन्त्रालयको धारणा रहेको बताउनुभयो ।

गृह मन्त्रालय सम्वद्ध अधिकारीहरुले भने संक्रमण दर कम भइरहेको भन्दै निषेधाज्ञालाई केही खुकुलो बनाउने विषयमा छलफल थालेका छन् ।