२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

कवि कोकिल विद्यापतिको स्मृतिसभा


0
Shares

सप्तरी, कात्तिक २४ । आफ्नो काव्य, प्रतिभा र विद्वताका कारण मैथिली समाजमा सम्मान र आदर पाएका कवि कोकिल विद्यापति हुन् ।

उनको स्मृति एवं सम्मानमा मैथिली साहित्य परिषद् सप्तरीले विभिन्न कार्यक्रम आयोजना गरेको छ । विद्यापति स्मृति पर्व समारोहको तीन दिने कार्यक्रमक गरीएको छ ।

अन्तिम दिन आज सप्तरीमा झाँकी प्रदर्शन, श्रद्धाञ्जली सभा तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको छ ।

स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको प्रांगणबाट विद्यापतिको महत्व झल्कने आकर्षक झाँकी निकालिएको छ । सभाका सहभागीहरुले विद्यापतिको प्रतिभा र विद्वताको चर्चा गरेका थिए ।