
काठमाडौं, जेठ २७ । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले अवैध चोरी शिकारीमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ ।
खड्ग दल र चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले नवलपुरका सोम गुरुङ भन्ने खड्ग गुरुङलाई नियन्त्रणमा लिएको हो ।
गैंडाकोटको ढोडेनी स्थायी घर भएका ३५ वर्षिय गुरुङ गैंडा मार्ने सुटर भएको सेनाले जनाएको छ ।
यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले मृत बँदेलसहित ३ जनालाई नियन्त्रणमा लिएको पनि समेत सेनाले जनाएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, कोशीटप्पु वन्यजन्तु आरक्ष र बर्दिया शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा तैनाथ सेना र निकुञ्ज प्रशासनले जंगली हात्तिलाई धपाएर स्थानीय वस्ती र वालीनाली जोगाउन सहयोग गरेको पनि सेनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्